Kathmandu Press

रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत

काठमाडौं, असोज २५ : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ।बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत

काठमाडौं, असोज २५ : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अघिल्लो बैठकले उक्त सहमतिको सिफारिसका लागि राष्ट्रियसभामा पठाएको थियो। यसअघिको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्योहोरा पढेर सुनाएका थिए। 

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्