Kathmandu Press

रैराङ र रिडी हाइड्रोपावर मर्जरमा जाने, कात्तिक १७ मा साधारण सभा

काठमाडौं, असोज २५ : रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन्।रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारित गर्न कात्तिक...
रैराङ र रिडी हाइड्रोपावर मर्जरमा जाने, कात्तिक १७ मा साधारण सभा

काठमाडौं, असोज २५ : रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन्।

रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारित गर्न कात्तिक १७ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ। सञ्चालक समितिको आइतबार बसेकाे बैठकले काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयबाट बिहान ११ बजे भर्चुअल रूपमा सभा गर्ने निर्णय गरेको हो।

मर्जर प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ।

यस वर्ष कम्पनीले १२.६ प्रतिशत नगद लाभांश करसमेत वितरण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ। सभाले मर्जर प्रक्रियाका लागि सबै जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ।

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, असोज २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्