Kathmandu Press

अफगानी महिलाद्वारा राजनीतिक तथा सामाजिक समावेशिता माग

काबुल, असोज २५ : राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरुले माग गरेका छन्।दर्जनौं महिला अधिकारकर्मीहरुले सहभागिता र समावेशिताको माग...
अफगानी महिलाद्वारा राजनीतिक तथा सामाजिक समावेशिता माग

काबुल, असोज २५ : राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरुले माग गरेका छन्।

दर्जनौं महिला अधिकारकर्मीहरुले सहभागिता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शनसमेत गरेका छन्। तालिबानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागिता नभएको र सरकारले महिला सहभागिताका अन्य कदमहरु पनि नचालेकोमा उनीहरुको विषेश चिन्ता थियो।  

Hardik ivf

‘नयाँ सरकार र उनीहरुको शासनकालमा महिलाको हक, अधिकार, स्वतन्त्रता, सहभागिता र समावेशिताको विषय अझै पनि अनिश्चित र अन्योलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौं,’ एक महिला अधिकारकर्मीले भने।

उनका अनुसार अफगानिस्तानमा महिलाअधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै सयभन्दा बढी देशमा प्रदर्शन भएको छ।  

विश्वभरिबाट दबाब भए पनि महिला अधिकारको पक्षमा तालिबान सरकारले कुनै उदारता देखाएको छैन। तर महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागिता गराउने प्रतिबद्धता भने जनाउँदै आएको छ।

विश्व समुदायलाई आफूहरु सुध्रिएको, उदार भएको देखाउका तालिवान सरकारले मौखिक प्रयास गरे पनि व्यवहारमा भने देखिएको छैन। 

तालिबानमा अहिले पनि महिलाहरुलाई रोजगारीका लागि र अध्ययन अध्यापनका लागि विद्यालय जान रोक लगाइएको छ। त्यसैगरी राजनीतिक क्षेत्रमा पनि कुनै स्थान दिइएको छैन।

तालिबान विद्रोहीले झन्डै २० वर्षपछि अफगानिस्तानको सत्ता हातमा लिएका छन्। विद्रोहीले राजधानी काबुल कब्जा गर्ने देखिएपछि तत्कालीन राष्ट्रपति असरफ घानीले देश छाडेकाले सहजै उनीहरुले सत्ता पाएका हुन्।

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्