Kathmandu Press

ब्राजिलमा फेरि बढे सङ्क्रमित, एकै दिन १८२ को मृत्यु

साओ पाओलो, असोज २५ : ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ।ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र...
ब्राजिलमा फेरि बढे सङ्क्रमित, एकै दिन १८२ को मृत्यु

साओ पाओलो, असोज २५ : ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ। धेरै लामो समयपछि यहाँ एकै दिनमा यति धेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
 
यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ।

यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए। तर पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो। यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८२ जनाको ज्यान गएको थियो।
 
त्यसैगरी गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो। यो सँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरु यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ। त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ।
 
यहाँको साओ पाओलो सहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रबिन्दुमा नै रही आएको छ। ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, असोज २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्