Kathmandu Press

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

हुम्ला, असोज २५ : हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन्। कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर...
मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

हुम्ला, असोज २५ : हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन्। 

कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका यहाँका नागरिकले आवास पाएका हुन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा  हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गरे। 

२०७७ सालको साउन महिनामा आएको अविरल वर्षाका कारण आएको बाढीले ताजाँजाकोटका करिब ३८० घर भत्काएको थियो। बाढीले सबै घर बगाएपछि प्रदेश सरकारले निः शुल्क आवास बनाइदिएको थियो।

सो अवसरमा मुख्यमन्त्री शाहीले बजेट अपुगका कारण यस आर्थिक वर्षमा १५० घर मात्र बनाइएको र बाँकी घर यसै आर्थिक वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाए।
 

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्