डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, शपथ ग्रहण आजै

पोखरा, असोज २५ : गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्मा मन्त्री बनेका छन्। आज (सोमबार) साँझ ५ बजे उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीको शपथ ग्रहण गराउनेछन्। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको जनाइएको छ।
यसअघि सरकार विस्तार गर्दा डोबाटेलाई मन्त्री बनाउने टुंगो लागिसकेर शपथका लागि पनि बोलाइसकिएको थियो। तर अन्तिममा आएर उनलाई रोकिएको थियो। उनका ठाउँमा प्रदेशसभा सदस्य बिन्दुकुमार थापालाई शपथ खुवाइएको थियो।
दलित सांसदलाई शपथग्रहण समारोहमा बोलाएर नाम काटेको र उनको ठाउँमा व्यवसायीसायीसमेत रहेका सांसदलाई मन्त्री नियुक्त गरेको भन्दै गठबन्धन सरकारको चर्को आलोचना भएको थियो।
प्रकाशित मिति: १३:१४ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











