लालबन्दीमा १० किलो गाँजा बरामद
सर्लाही, असोज २५ : प्रहरीले सर्लाहीकाे लालबन्दीमा १० किलो गाँजा बरामद गरेको छ। लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित झाडीमा बेवारिसे अवस्थामा रहेको बा८६प ६४२३ नम्बरको मोटरसाइकलबाट करिब १०...
सर्लाही, असोज २५ : प्रहरीले सर्लाहीकाे लालबन्दीमा १० किलो गाँजा बरामद गरेको छ।
लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित झाडीमा बेवारिसे अवस्थामा रहेको बा८६प ६४२३ नम्बरको मोटरसाइकलबाट करिब १० किलो अवैध लागूऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको हाे।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: १३:०१ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











