Kathmandu Press

तास खेलिरहेको अवस्थामा चारजना पक्राउ 

झापा, असोज २५ : तास खेलिरहेको अवस्थामा झापामा चारजना पक्राउ परेका छन्।कमल गाउँपालिका–३ केर्खास्थित सोही गाउँपालिका–४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्यान्ड होटलमा तास...
तास खेलिरहेको अवस्थामा चारजना पक्राउ 

झापा, असोज २५ : तास खेलिरहेको अवस्थामा झापामा चारजना पक्राउ परेका छन्।

कमल गाउँपालिका–३ केर्खास्थित सोही गाउँपालिका–४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्यान्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बुलगायत चारजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्