ताप्लेजुङको दुर्गम क्षेत्रमा पशुमार्फत खाद्यान्न ढुवानी
ताप्लेजुङ, असोज २५ : ताप्लेजुङको दुर्गम क्षेत्रमा खच्चड, चौंरी र याकमार्फत दसैँका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको छ। हालसम्म सडक र यातायातको पहुँच नपुगेको...ताप्लेजुङ, असोज २५ : ताप्लेजुङको दुर्गम क्षेत्रमा खच्चड, चौंरी र याकमार्फत दसैँका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको छ। हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रमा पशुमार्फत दसैँका लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो।
दसैँ चाड नजिकिएसँगै स्थानीयवासीले खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चड र चौंरी तथा याकलाई बोकाएर ढुवानी गरेका हुन्।
मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन भने याम्फुदिनमा सडक ट्र्याक (मार्ग) पुगेको छ। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ गोला, याङमा तथा घुन्सा क्षेत्रमा र मिक्वाखोला गाउँपालिका–५ पापुङमा, तोक्पेगोला क्षेत्रमा यातायातका साधन सञ्चालन नहुँदा खच्चड चौंरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयवासीले बताएका छन्। पहिलेदेखि नै खच्चडलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेका स्थानीय कैलास लिम्बूले बताए।
सडक र यातायातको पहुँच नभएपछि खच्चरमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको लिम्बूको भनाइ छ। चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयवासीले खच्चड, चौरी र याकलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ–७ का स्थानीयवासी तेन्जीङ शेर्पाले बताए।
स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीले खच्चड, चौरी र याकबाट बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताए। फक्ताङलुङ–६ लेलेसम्म यातायातका साधनले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछन्। त्यसपछि भने दुई तीन दिन पैदल र्मागमा खच्चड, चौरी र याकमार्फत ढुवानी हुने गर्दछ।
सिरिजंगा गाउँपालिकाको खाम्दिमे बजार तथा तेल्लोक बजारदेखि गाउँसम्म खच्चरमार्फत सामान ढुवानी गर्दै आएका छन्। त्यस्तै कतिपय सडकको ट्र्याक पुगेको ठाउँसम्म ट्र्याक्टरमार्फत सामान ढुवानी गरेपछि खच्चडलाई बोकाएर गाउँसम्म पु¥याउने गरिएको याम्फुदिनका विष्णु राईले बताए।
केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका बासिन्दा टाँसी तेन्जीङ शेर्पाले बताए। पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरुले बताएका छन् । यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो पर्ने स्थानीयवासीको भनाइ छ ।