Kathmandu Press

एक सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज २५ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला...
एक सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज २५ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार हुनेछ जुन आइतबार प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार हुनेछ।
 

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, असोज २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्