Kathmandu Press

यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई धमाधम कारबाही

काठमाडौं, असोज २५ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ। उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा...
यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई धमाधम कारबाही

काठमाडौं, असोज २५ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ। उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ विचौलियाको काम गर्ने ७ जनालाई आज बिहान नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

पक्राउ पर्नेमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क–३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा छन् । 

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्नेलगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाइरहेको छ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाइएको छ।

प्रकाशित मिति: ११:२२ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्