Kathmandu Press

बुटवलमा आज पनि कर्फ्यू यथावत

बुटवल, असोज २५ : प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएपछि रुपन्देहीको बुटवलमा आज पनि कर्फ्यू लगाइएको छ।आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रका सुकुम्बासी बस्ती...
बुटवलमा आज पनि कर्फ्यू यथावत

बुटवल, असोज २५ : प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएपछि रुपन्देहीको बुटवलमा आज पनि कर्फ्यू लगाइएको छ।

आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रका सुकुम्बासी बस्ती हटाउने क्रममा झडप भएको थियो। झडपमा गोली चल्दा चार जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए।

स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आइतबार अपराह्न ४ बजेदेखि कर्फ्यू लगाएको थियो। आज पनि तनावकै स्थिति रहेकाले कर्फ्यू यथावत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न सुरक्षा समन्वय समितिको बैठक बस्न लागेको छ। बैठकमा स्थिति सामान्य बनाउने विषयमा छलफल हुने जनाएको छ।

हिजो प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको थियो। उनीहरुमध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका १० का ४८ वर्षका रमेश परियारको पहिचान खुलेको छ। अन्य तीन जनाको पहिचान खुलेको छैन।

झडपमा पाँच प्रहरी सहित नौ जना गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:४८ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्