Kathmandu Press

जन्ती बोकेको बोलेरो दुर्घटना, तीनको मृत्यु, १६ घाइते

मंगलसेन, असोज २५ : अछाममा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।जन्ती बोकेको बोलेरो...
जन्ती बोकेको बोलेरो दुर्घटना, तीनको मृत्यु, १६ घाइते

मंगलसेन, असोज २५ : अछाममा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

जन्ती बोकेको बोलेरो आइतबार राति पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा दुर्घटनामा भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने,  १८ वर्षीयका सर्व बोहरा र पञ्चदेवल विनायक–३ का १७ वर्षीय जीवन जैसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा घाइते भएका १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो।

जन्ती बोकेको से १ च १७६३ नम्बरको बोलेरो सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक पनि घाइते रहेका छन्।

प्रकाशित मिति: ०७:१४ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्