वालिङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु
स्याङ्जा, असोज २५ : स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै...
स्याङ्जा, असोज २५ : स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप कच्ची सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनामा गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
जीपमा सवार १९ मध्ये दुई जनाको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनामा गल्याङ नगरपालिका–१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र २४ वर्षीया तिर्सना घाईते भएका छन्।
त्यस्तैगरी गल्याङ–१० कै ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, दुई वर्षीय एञ्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, तीन वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका–१० बझाकोटकी २४ वर्षीया सपना थापा र दुई वर्षीय नवीन थापा घाइते भएको प्रहरीले जनाएको छ।
घाइते भएका ६ जनालई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइते भएकाहरूको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए। चालकको अवस्था सामान्य रहेको छ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। दशैंको वेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरै एउटै वडाका बासिन्दा परेका छन्। (रासस)











