Kathmandu Press

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

काठमाडौं, असोज २५ : दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।गएराति दुबईमा भएको पहिलो क्वालिफायरमा...
दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

काठमाडौं, असोज २५ : दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

गएराति दुबईमा भएको पहिलो क्वालिफायरमा दिल्लीलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो। दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

चेन्नईका लागि रुतुराज गायकवाड र रोबिन उथप्पाले अर्धशतकीय पारी खेलेका थिए। रुतुराजले ७० र रोबिनले ६३ रन बनाएका थिए।

त्यस्तै, महेन्द्र सिंह धोनीले १८ र मोइन अलीले १६ रन बनाएका थिए। दिल्लीका लागि टम करेनले ३ विकेट लिए। त्यस्तै, एन्रिच नोर्टज र अभेस खानले एक-एक विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शले ६०, ऋषभ पन्तले ५१, शिम्रन हेटमेयरले ३७ र अक्षर पटेलले १० रन बनाएका थिए।

चेन्नईका लागि जोस हाजलउडले २, रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले एक-एक विकेट लिएका थिए।

 

प्रकाशित मिति: ०६:४५ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्