Kathmandu Press

साफ च्याम्पियनसिपः भारतसँग नेपाल पराजित

कप्तान सुनिल क्षेत्रीको एकमात्र गोल निर्णायक साबित भएपछि नेपाल १–० ले पराजित भएको हो। उनले ८२औं मिनेटमा गोल गर्दै भारतलाई प्रतियोगिताको पहिलो जित दिलाएका थिए।
साफ च्याम्पियनसिपः भारतसँग नेपाल पराजित

काठमाडाैं, असाेज २४: माल्दिभ्समा आयोजना भइरहेको साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलमा नेपाल पराजित भएको छ। सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले भारतविरुद्ध कमजोर खेल खेलेको थियो।

कप्तान सुनिल क्षेत्रीको एकमात्र गोल निर्णायक साबित भएपछि नेपाल १–० ले पराजित भएको हो। उनले ८२औं मिनेटमा गोल गर्दै भारतलाई प्रतियोगिताको पहिलो जित दिलाएका थिए।

यसअघिका दुई खेलमा आक्रामक फुटबल खेलेको नेपालले भारतविरुद्ध भने डिफेन्सिभ खेल खेलेको थियो। डिफेन्सिभ खेलमा नजमेको नेपालले प्रतियोगिताकै कमजोर प्रदर्शन गर्न पुगेको थियो।

नेपालको रक्षात्मक खेल रणनीतिको फाइदा उठाउँदै भारतले बल पोजेसनमा एक पक्षीय दबाब राखेको थियो। भारतले ७५ प्रतिशत बल पोजेसन राखेपछि नेपाल २५ प्रतिशतमा खुम्चिएको थियो। जसक्रममा भारतले २० सट प्रहार गर्दा ५ सट टार्गेटमा गएका थिए।

नेपालले भने एक गोलले पछाडी नपर्दासम्म भारतको पोस्टमा कुनै प्रहार गर्न सकेको थिएन। भारतको गोलपछि भने नेपालले ४ पटक गोलका लागि सट प्रहार गरेको थियो जसमध्ये कुनै पनि टार्गेटमा भने गएनन्।

यसअघि साफको फाइनल प्रवेशका लागि सबैभन्दा सम्भावना बोकेको नेपाल यो हारसँगै दवाबमा आएको छ। फाइनल प्रवेशको लागि नेपालले लिग चरणअन्गर्तत बंगलादेशविरुद्धको अन्तिम खेलमा अंक जोड्दै पर्ने दवाब भएको छ।

प्रकाशित मिति: ००:०६ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्