कात्तिक ५ गतेलाई डाकियो प्रदेश १ प्रदेशसभाको बैठक

काठमाडौं, असोज २४ : प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक कात्तिक ५ गतेका लागि बोलाइएको छ।
आइतबार बसेको बैठकपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। तर बेलुका सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले विशेष कारणले कात्तिक ५ गतेका लागि बैठक बस्ने जानकारी दिएको छ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २५ गतेभित्र विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलहरूले बताएपनि मुख्यमन्त्री आचार्यले दशैंपछि मात्रै विश्वासको मत लिने बताउँदै आइरहेका थिए।
प्रकाशित मिति: २१:०० बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












