Kathmandu Press

फ्रान्सका पूर्वप्रधानमन्त्रीको नयाँ राजनीतिक पार्टी

पेरिस, असोज २४ : फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन्। पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिँदै भने,...
फ्रान्सका पूर्वप्रधानमन्त्रीको नयाँ राजनीतिक पार्टी

पेरिस, असोज २४ : फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन्। 

पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिँदै भने, ‘हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो। टाढा टाढासम्म देख्नका लागि र राम्रो काम गर्नका यो आवश्यक छ। फिलिप हाभ्रेका पूर्व मेयर समेत हुन्। आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भने, ‘देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा टाढासम्म देख्नसक्नुपर्छ। तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा टाढा सम्म हेर्नुहोस्।’ नेता फिलिपले भने।

उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउँन समेत आग्रह गरेका छन्।

पूर्व प्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताएका छन्। नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित  गराउँन आफू प्रतिबद्ध रहेको समेत बताए।
 
होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउँनेछ।  

प्रकाशित मिति: २०:१७ बजे, आइतबार, असोज २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्