Kathmandu Press

चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउन आग्रह

बेइजिङ, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता...
चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउन आग्रह

बेइजिङ, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता दिन ठोस प्रयासको आह्वान गरेका छन्। सन् १९११ को क्रान्तिको स्मरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो कुरा बताएका हु्न्।

उक्त अवसरमा राष्ट्रपति सीले भने, विगत ११० वर्षले हामीलाई राष्ट्रिय कायाकल्पको अनुभूति गर्नका लागि हामीलाई एक स्थिर र एकजुट घरेलु वातावरण मात्र नभई एक शान्तिपूर्ण र स्थिर अन्तरराष्ट्रिय वातावरणको पनि आवश्यकता औल्याएको छ। राष्ट्रपति सीले  चीनले आगामी दिनमा शान्ति, सद्भाव, पारस्परिक लाभ, समान लाभको भविष्य र मानव समुदायको उज्ज्वल भविष्यका लागि सुन्दर र सार्थक विश्व व्यवस्थाको निम्ति झण्डा उठाउने बताएका छन्।

Hardik ivf

‘हामी शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र, र स्वतन्त्रताका साझा मानव मूल्यहरू लाई बढावा दिनेछौं, अन्य सबै देशका जनता सँग एकता बलियो बनाउनका लागि काम गर्नेछौं, र आधिपत्य र सत्ता राजनीतिको विरोध को साझा प्रयासमा संलग्न हुनेछौं।’ सीले जोड दिए।

सी ले थप जोड दिँदै भने, ‘चीन विश्वशान्ति को एक च्याम्पियन, वैश्विक विकासका लागि एक योगदानकर्ता, र अन्तरराष्ट्रिय व्यवस्थाका लागि एक रक्षक रहनेछ र हामी मानवताका लागि अझ ठूलो योगदान गर्नका लागि हाम्रो सबैभन्दा राम्रो कार्य गर्नेछौं।’ त्यसैगरी फरक सन्दर्भमा रष्ट्रपति सीले ताइवानको विषय चीनको कमजोरीबाट उठेको र यसलाई राष्ट्रिय एकताबाटै समाधान गरिने बताएका छन्।

प्रकाशित मिति: १९:५० बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्