Kathmandu Press

बाँके घटनाका दोषीमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्वता 

काठमाडौं, असोज २४ : गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिवद्वता जनाएका छन् ।महिला अधिकारकर्मीहरूले घटनाका दोषीमाथि...
बाँके घटनाका दोषीमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्वता 

काठमाडौं, असोज २४ : गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिवद्वता जनाएका छन् ।

महिला अधिकारकर्मीहरूले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताएका हुन् ।

नागरिकको जीवन रक्षाका लागि, महिला दिदीबहिनीहरूको रक्षाका लागि राज्य र सरकार गम्भीर रहेको उनको भनाइ थियो । गृह मन्त्री खाणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको बताए ।

उक्त क्रममा महिला अधिकारकर्मीहरूले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: १९:५० बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्