प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो
विराटनगर, असोज २४ : पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४...
विराटनगर, असोज २४ : पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पजिटिभ आएको छ।
झापा, मोरङ र सुनसरीमा क्रमश :४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई-दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:१७ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












