काठमाडौं उपत्यकामा थपिए २४३ जना कोरोना संक्रमित
काठमाडौं, असोज २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २४३ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १७२, भक्तपुरमा १८ र ललितपुरमा ५३ जना रहेको...
काठमाडौं, असोज २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २४३ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा १७२, भक्तपुरमा १८ र ललितपुरमा ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,४६७ रहेको छ।
तीमध्ये काठमाडौंमा २,०५७, भक्तपुरमा ६५० र ललितपुरमा ७६० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:२३ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











