थपिए ५९६ संक्रमित, १० जनाको मृत्यु
९,२३७ जनामा गरिएको पिसिआर परीक्षणबाट ५६५ र ३,१६७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज २४ : पछिल्लो २४ घन्टामा देशभरिमा ५९६ जना कोरोना संक्रमित थपिएका छन्।
९,२३७ जनामा गरिएको पिसिआर परीक्षणबाट ५६५ र ३,१६७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०२,१९८ जनामा र एन्टिजेन परीक्षणबाट ९२,९९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ८७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७५,९४३ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२३१ पुगेको छ।
अहिले देशभरिमा १५,०२४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १३,८५९ जना होम आइसोलेसनमा र १,१६५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी ३२२ सजनको आईसियुमा उपचार भइरहँदा ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।