Kathmandu Press

मुख्यमन्त्री शाक्यको विश्वासको मत प्रस्तावमा निर्णय नगरी वागमती प्रदेशसभा बैठक ४ कात्तिकसम्म स्थगित

वागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेबमोजिम आज (आइतबार) देखि नवौं अधिवेशन सुरु भएको थियो।
मुख्यमन्त्री शाक्यको विश्वासको मत प्रस्तावमा निर्णय नगरी वागमती प्रदेशसभा बैठक ४ कात्तिकसम्म स्थगित

काठमाडौं, असोज २४ : वाग्मती प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गत आज (आइतबार) को बैठक स्थगित भएको छ। मुख्यमन्त्री शाक्यको विश्वासको मत प्रस्तावमा निर्णय नगरी बैठक ४ कात्तिकसम्म लागि स्थगित गरिएकाे हाे।

वागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेबमोजिम आज (आइतबार) देखि नवौं अधिवेशन सुरु भएको थियो।

यस अधिवेशनअन्तर्गत पहिलो बैठक सकिएलगत्तै सभामुख सानुकुमार श्रेष्ठले १५ मिनेटपछि दोस्रो बैठक बस्ने जानकारी दिएका थिए। तर, दोस्रो बैठक बस्दै नबसी कात्तिक ४ गतेसम्मका लागि बैठक स्थगित भएको हो।

अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ। मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएकी थिइन्। तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेस नै गरिएन।

आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे,  एमालेका मुख्यसचेतक दीपक निरौला, विवेकशील साझा पार्टीका नेता रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाई र राप्रपाकी सांसद रिता माझीले बोलेका थिए।

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्