Kathmandu Press

अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण

काबुल, असोज २४ : अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ। काबुलमा...
अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिको ठूलो हिंसात्मक आक्रमण

काबुल, असोज २४ : अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ। काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। 

एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो। उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन्।

Hardik ivf

बिहीबार सो हमला भएको थियो। त्यसमा परेर अरु १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ। गम्भीर प्रकृतिका घाइतेहरुको मृत्यु हुने क्रम बढेको बताइएको छ। यहाँको एक मस्जिदमाा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका रहेका पनि पाइएको छ। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

तर यस हमलामा इस्लामिक स्टेट्सको हात हुन सक्ने प्रहरीले जनाएको छ। साथै यहाँका सुन्नी मुसलमान अतिवादीहरूको पनि हात हुनसक्ने अनुमान गरिएको छ। पछिल्लो समयमा अफगानिस्तानमा रहेको इस्लामिक स्टेटले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ  त्यसैले आक्रमणमा यसैको हात हुन सक्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्