Kathmandu Press

रुसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

रुसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

मस्को, असोज २४ : रुसको टाटरस्तानमा आइतबार एल–४१०  विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ। 

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन्। घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ। 

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्।

प्रकाशित मिति: १६:१० बजे, आइतबार, असोज २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्