सार्वजनिक लेखा समिति सभापतिमा एमालेकाे दाबी
काठमाडौं, असोज २४ : प्रमुख प्रतिपक्ष दल एमालेले संसदको सार्वजनिक लेखा समिति सभापतिमा दाबी गरेको छ। अहिले सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेस सांसद भरतकुमार...
काठमाडौं, असोज २४ : प्रमुख प्रतिपक्ष दल एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ। अहिले सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेस सांसद भरतकुमार शाह छन्।
आज (आइतबार) सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्नेमा जोड दिए।
लोकतन्त्रको सुन्दर पक्षको कदर गर्नुपर्ने र परम्परागत प्रणाली र मर्यादालाई भत्काउन नहुने भन्दै सांसद बाँस्कोटाले सभापति शाहले राजीनामा दिनुपर्ने बताए।
अर्का सांसद गौतमले संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउन सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १५:५३ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











