वागमती प्रदेशमा स्पष्ट बहुमतमा विपक्षी गठबन्धन
सभामुखसहित एक सय नौ सदस्यीय प्रदेश सभामा बहुमत हासिल गर्न ५५ सांसद भए पुग्छ।काठमाडौं, असोज २४ : वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केहीबेरमा प्रदेशसभाबाट विश्वासको मत लिँदैछिन्। तथापि, उनी स्पष्ट अल्पमतमा देखिएकी छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा गरी विपक्षी गठबन्धन प्रष्ट बहुमतमा देखिएको छ।
वागमती प्रदेशसभामा एमाले एक्लैसँग ४३ सांसद छन्। विपक्षी गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, नेकपा ९एकीकृत समाजवादी० १३ र जसपाका एक गरी ५९ सांसद छन् । यस्तै, विवेकशील साझाका तीन, नेमकिपाका दुई र राप्रपाका दुई सांसद छन्।
सभामुखसहित एक सय नौ सदस्यीय प्रदेश सभामा बहुमत हासिल गर्न ५५ सांसद भए पुग्छ। विवेकशील साझा, नेमकिपा र राप्रपाका सात जना सांसदले मुख्यमन्त्री शाक्यलाई मत दिँदा पनि ५० सांसद मात्र हुन्छन्। त्यसैले विपक्षी गठबन्धन स्पष्ट बहुमतमा छ।
प्रकाशित मिति: १५:३६ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











