नयाँ पार्टी गठन गर्दै पूर्वडीआईजी खरेल
काठमाडौं, असोज २४ : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले नयाँ पार्टी गठन गर्ने बताएका छन् । रत्नपार्कस्थित शान्तिबाटिमा आइतबार पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, असोज २४ : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले नयाँ पार्टी गठन गर्ने बताएका छन् । रत्नपार्कस्थित शान्तिबाटिमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी गठन गर्ने बताएका हुन्।
नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्।
खरेलले पत्रकार सम्मेलनमा भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने बताए।
उनले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए। त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए।
दुईतिहाइ बहुमत दिएर दलहरूलाई जिताउँदा पनि देशमा परिवर्तन आउन नसकेको उनले बताए । जनता सचेत नभए देश गम्भीर दुर्घटनामा पर्ने उनले उल्लेख गरे।
तीन करोड नेपालीले सहकार्य गरेर पाँच वर्षमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ। उनले भने, ‘हामी पाँच वर्षमा परिवर्तन गरेर देखाउँछौँ, हामी परिवर्तन चाहन्छौँ, अब परिवर्तन ल्याउँछौँ।’











