Kathmandu Press

महामारीले क्षति पुर्‍याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो, असोज २४ : जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न...
महामारीले क्षति पुर्‍याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो, असोज २४ : जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताए। उनले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा बताएका हुन्। 

उनले भने– जापानमा महामारीका कारण आर्थिक अवस्थामा असर पारेको छ र त्यसको पूर्तिका लागि मैले आर्थिक प्याकेजहरु ल्याउने प्रण गर्दछु। आफूले यस अन्तर्गन अरबौँ रुपैयाँको यस्तो आर्थिक प्याकेज ल्याउने र महामारीका कारण प्रभावित भएका यहाँका कम्पनीहरुलाई सहयोग गर्ने पनि उनले बताए। 

जापानमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रभाव बढी मात्रामा देखिएको छ र यसबाट नागरिकहरु प्रभावित भएका छन् । साथै यहाँका कम्पनीहरुमा भाइरसको प्रकोपले आर्थिक क्षति गराएको बताइएको छ । ती कम्पनीहरुले सरकारसँग आर्थिक सहायताको माग गरिरहेका छन्। 
 

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, असोज २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्