Kathmandu Press

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं, असोज २४ : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद गरी ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको शुक्रबार बसेको सञ्चालक...
महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं, असोज २४ : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद गरी ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी १० करोडको ४५ प्रतिशत अर्थात् ४ करोड ५० लाख बराबरको बोनस सेयर तथा ५ प्रतिशत अर्थात् ५० लाख बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरणको प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

यो लघुवित्तले शेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गर्न लागेको हो। कम्पनीले गत माघमा मात्र सर्वसाधारणलाई ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्