Kathmandu Press

करेन्ट लागेर बाँकेमा महिलाको मृत्यु   

बाँके, असोज २४ : करेन्ट लागेर बाँकेमा एकजनाको मृत्यु  भएको छ। मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने ४९ वर्षीया रोहिणी देवी वली रहेको प्रहरीले...
करेन्ट लागेर बाँकेमा महिलाको मृत्यु   
Hardik ivf

बाँके, असोज २४ : करेन्ट लागेर बाँकेमा एकजनाको मृत्यु  भएको छ। मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने ४९ वर्षीया रोहिणी देवी वली रहेको प्रहरीले जनाएको छ।

आफ्नै घरमा राईस कुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शनिबार साँझ मेडिकल कलेज कोहलपुरमा उपचारका  क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्