Kathmandu Press

बढ्यो सुनचाँदीको मूल्य 

बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौं, असोज २४ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ। छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा पाँच रुपैयाँले बढेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ।
 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, असोज २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्