कर्णालीमा डुंगा पल्टिँदा कमेरो माटो लिन गएकी युवती बेपत्ता
सुर्खेत, असोज २४ : कर्णाली नदीमा डुंगा पल्टिँदा कमेरो माटो लिन गएकी एक युवती बेपत्ता भएकी छन्।बेपत्ता हुने युवती सुर्खेतको चौकुने गाउँपालिका–१० की १८...
सुर्खेत, असोज २४ : कर्णाली नदीमा डुंगा पल्टिँदा कमेरो माटो लिन गएकी एक युवती बेपत्ता भएकी छन्।
बेपत्ता हुने युवती सुर्खेतको चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक रहेको सोही वडा कार्यालयले जानकारी दिएको छ।
चौकुने–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा आज (आइतबार) बिहान ९ बजेतिर डुंगा पल्टिएको थियो।
प्रकाशित मिति: १२:१९ बजे, आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











