गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न पोखरा जाँदै प्रधानमन्त्री देउवा
काठमाडौं, असोज २४ : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमलगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा...
काठमाडौं, असोज २४ : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।
गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमलगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्।
कार्यक्रम अनुसार १०ः३० बजे पोखरा विमानस्थल पुगेसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नेछन् ।
यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।
ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुने कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिए।











