Kathmandu Press

साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल

काठमाडौं, असोज २४ : साफ च्याम्पियनसिपमा आज नेपाल भारतसँगै भिड्ने भएको छ। आजको खेल नेपालका लागि महत्वपूर्ण छ।माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आज राति...
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल

काठमाडौं, असोज २४ : साफ च्याम्पियनसिपमा आज नेपाल भारतसँग भिड्न लागेको छ। आजको खेल नेपालका लागि महत्वपूर्ण छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आज राति ९ः४५ बजे नेपाल र भारतको खेल हुनेछ। बलियो टिम भारतलाई हराएर नेपाल अंक तालिकको शीर्षस्थानमा रहने लक्ष्यमा छ।

भारतले सात पटक साफ च्याम्पियनसिप जितिसकेको छ। प्रारम्भका दुई खेल जितेर शीर्षस्थानमा रहेको नेपाल पनि उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको छ।

आजको खेल यसका कारण पनि महत्वपूर्ण छ कि भारतलाई हराएमा नेपाल फाइनमा पुग्नेछ। अहिले नेपालले दुई खेलमा जित हासिल गरेर ६ अंक जोडेको छ। आज जितेमा ९ अंक हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो।

भारतले भने अहिलेसम्म जित निकाल्न सकेको छैन। दुई खेलमा बराबरी खेलेको भारतको २ अंक छ।

बंगालादेशले तीन खेलमा एक जित, एक बराबरी र एक हार खेल्दै ४ अंक जोडेको छ। त्यस्तै, मालदिभ्सले दुई खेलमा एक जित र एक हजारका सात ३ अंक जोडेको छ। श्रीलंका भने तीन खेलमा दुई हार र एक बराबरी खेल्दै १ अंक सहित पुछारमा छ।

भारतविरुद्ध नेपालले अहिलेसम्म २१ खेल खेलेको छ। भारतले १४ र नेपालले दुई खेल जितेको छ। पाँच खेल बराबरी भएका छन्।

भारतसँग गत महिना खेलको दुई वटा मैत्रीपूर्ण खेल खेल्दा नेपालले एक बराबरी र एकमा हार ब्यहोरेको छ।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्