Kathmandu Press

भेडाच्यांग्राको आयात घट्दा मूल्य अत्यधिक बृद्धि

गलकोट, असोज २४ : मुस्ताङबाट कम आयात भएपछि यस वर्ष भेडाच्यांग्राको मूल्य अत्यधिक बढेको छ।आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर...
भेडाच्यांग्राको आयात घट्दा मूल्य अत्यधिक बृद्धि

गलकोट, असोज २४ : मुस्ताङबाट आयात घटेपछि यस वर्ष भेडाच्यांग्राको मूल्य अत्यधिक बढेको छ।

आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ पुगेका छन्। वडा दशैमा च्याङ्ग्राको माग उच्च भए पनि भाउ निकै महङ्गिएको छ।

यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका छन्। जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडाच्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरे पनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका हुन्। तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ।

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ। केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भए पनि अहिले त्यसको संख्या घटेर पाँच-सात सयमा झरेको छ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए। 'मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ,' उनले भने।

च्याङ्ग्रीलाई समेत १७ हजार बढी मुल्य पर्ने भएको छ। आठ दिनको हिडाई निकै कष्टकर रहेको र तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुने उनको भनाइ छ।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी एक हजार आठ सयमा कारोबार शुरु भएको छ। हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ।

अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने लैजाने परम्परा समेत छ।

प्रकाशित मिति: ०६:३८ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्