Kathmandu Press

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

काठमाडौं,असोज २३ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताएका हुन्।

महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताए। ‘काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ,’ डा कोइरालाले भने।

कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए। ‘कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन,’ उनले भने। जनतालाई काँग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो।  कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए। पार्टीको सिद्धान्त र विचार विपरित कांग्रेस अगाडि बढेको उनको भनाइ थियो। 

सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हाँसिल गर्न नसक्ने बताए।

प्रकाशित मिति: २१:२४ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्