Kathmandu Press

साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

रियाद, असोज २३ : साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्। यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको...
साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

रियाद, असोज २३ : साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्। यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।  

साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ।

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशिया को हात रहेको छ।

यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले  केही भौतिक क्षति पुर्याएको जनाइएको छ। 

शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्