Kathmandu Press

विभिन्न पटाकासहित १ जना पक्राउ

लमजुङ, असोज २३ : लमजुङ बेसीशहर नगरपालिका ८ झ्याङखोलास्थित किराना पसलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रुपन्देही सिद्धार्थनगर नगरपालिका ७ का ७० वर्षीय...
विभिन्न पटाकासहित १ जना पक्राउ

लमजुङ, असोज २३ : लमजुङ बेसीशहर नगरपालिका ८ झ्याङखोलास्थित किराना पसलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

रुपन्देही सिद्धार्थनगर नगरपालिका ७ का ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका पटाकासहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

बानियाँको किराना पसलमा विष्फोटकजन्य वस्तु विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्