सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम, असोज २३ : सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन...
सुदूरपश्चिम, असोज २३ : सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ८९७ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सोह्र जनामा आरटी पिसीआर र तीन जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पिसीआर विधिमार्फत सेती प्रादेखिक अस्पतालमा १४ र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरमा दुई र बाजुराका एक जनामा सङ्क्रमण देखिएको हो।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि शुक्रबार यस प्रदेशमा नौ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ सङ्क्रमणमुक्त भएका थिए।
प्रकाशित मिति: १९:३५ बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)