हेलिकोप्टरमार्फत घाइतेको उद्धार
मार्तडी, असोज २३ : बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको...
मार्तडी, असोज २३ : बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ।
सोही गाउँपालिका–२ साप्पाटा बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राससलाई जानकारी दिए। उनका अनुसार बुढा शुक्रबार भिरबाट लडेर घाइते भएर अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको प्रजिअ अधिकारीको भनाइ छ। उद्धार गरिएका बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)