Kathmandu Press

भरुवा बन्दुकसहित एक जना पक्राउ

भोजपुर, असोज २३ : रामप्रसादराई गाउँपालिका १ चामबोटेबाट १ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४६ वर्षीय...
भरुवा बन्दुकसहित एक जना पक्राउ

भोजपुर, असोज २३ : रामप्रसादराई गाउँपालिका १ चामबोटेबाट १ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४६ वर्षीय सुजिल राई रहेका छन्। 

शुक्रबार बेलुकी राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई घरायसी विवादमा कोदालो प्रहार गरी घाइते बनाएको र भरुवा बन्दुक निकाली मार्छु भनी धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक र कोदालोसहित पक्राउ गरेको हो।

घाइतेको स्थानीय मेडिकल ओख्रेमा उपरचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १९:१८ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्