Kathmandu Press

संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित १ जना पक्राउ

बाँके, असोज २३ : नेपालगंज उपमहानगरपालिका ४ बुद्ध मन्दिर नजिकबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एक  जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा...
संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित १ जना पक्राउ

बाँके, असोज २३ : नेपालगंज उपमहानगरपालिका ४ बुद्ध मन्दिर नजिकबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एक  जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका १ का २८ वर्षीय मनिराम सुनार रहेका छन्। 

शनिबार बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र लुकाई राखेको उक्त छालासहित मनिरामलाई फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: १८:३९ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्