Kathmandu Press

लगानी बोर्ड बैठक : ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं,असोज २३ : ठूला परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज...
लगानी बोर्ड बैठक : ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं,असोज २३ : ठूला परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गर्‍यो।

लगानी स्वीकृति हुनेमा करिब १० अर्ब ५० करोड रुपैयाँ लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना रहेको छ। सो आयोजना दोलखा जिल्लामा रहेको छ। माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने सो आयोजना निजी क्षेत्रले प्रवद्र्धन गर्न लागेको छ।

त्यस्तै सङ्खुवासभा जिल्लामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनामा थप ६२ अर्ब २६ करोड रुपैयाँ बराबरको पूँजी वृद्धिको प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए। 

प्रकाशित मिति: १८:३० बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्