Kathmandu Press

महोत्तरीको मुख्य भन्सार विधिवत् रूपमा सञ्चालन

जलेश्वर, असोज २३ : कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवत रूपमा पुनः सञ्चालन गरिएको...
महोत्तरीको मुख्य भन्सार विधिवत् रूपमा सञ्चालन

जलेश्वर, असोज २३ : कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवत रूपमा पुनः सञ्चालन गरिएको छ।

गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड आज अपराह्न ४ बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ ।

दुवै देशको सहमतिपश्चात् भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ। त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन्।

भारतीय चारपाङ्ग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । दुई पाङग्रेका हकमा सो व्यवस्था छैन।

भन्सार खुलेसँगै सयौँको सङ्ख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन्। साथै कार, जीपजस्ता चारचक्के सवारी साधन अहिले फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन्।

लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो। 

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्