Kathmandu Press

७६० नयाँ संक्रमित थपिँदा ८९९ जना संक्रमणमुक्त, ११ को मृत्यु

६,१६८ जनामा गरिएको पिसिआर परीक्षणबाट ६३६ र ५,८६३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
७६० नयाँ संक्रमित थपिँदा ८९९ जना संक्रमणमुक्त, ११ को मृत्यु

काठमाडौं, असोज २३ : पछिल्लो २४ घन्टामा देशभरिमा ७६० जना कोरोना संक्रमित थपिएका छन्।

६,१६८ जनामा गरिएको पिसिआर परीक्षणबाट ६३६ र ५,८६३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०१,६३३ जनामा र एन्टिजेन परीक्षणबाट ९२,९६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ८९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७५,०७२ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२२१ पुगेको छ।

अहिले देशभरिमा १५,३४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १४,१६८ जना होम आइसोलेसनमा र १,१७२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी ३१७ सजनको आईसियुमा उपचार भइरहँदा ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५० बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्