Kathmandu Press

बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

मानामा, असोज २३ : बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ। अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका...
बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

मानामा, असोज २३ : बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ। 

अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन्।  

Hardik ivf

‘छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ,’ बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भने।

बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो । 

बहराइनका मन्त्री जायनीले भने, ‘हामीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेका छौँ, व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास छ।’ यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सीलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उनले बताए।  

युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो। 
 

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्