Kathmandu Press

जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, असोज २३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन्।सिंहदरबारस्थित...
जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, असोज २३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन्।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विगतमा हुने गरेका गल्ती वा कमजोरीलाई सच्याएर जनताले अनुभव गर्ने गरी परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन्।  

मन्त्री श्रेष्ठले कानूनीरुपमा काम गर्नका लागि नीतिको कमी नभएको भन्दै त्यसको कार्यान्वयन गर्न सबै कर्मचारी इमान्दार भएर लाग्नुपर्ने बताइन्। उनले भनिन्, ‘आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीको पूर्ण सहयोग आवश्यक पर्छ, सबैले मलाई सहयोग गर्नुस्, मन्त्रालय पूर्णरुपमा सफल हुन्छ।’ 
 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्