Kathmandu Press

भारतमा सक्रिय संक्रमितको संख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, असोज २३ : भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितहरुको संख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा...
भारतमा सक्रिय संक्रमितको संख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, असोज २३ : भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितहरुको संख्यामा पुनः कमी आएको छ । 

अघिल्लो दिन २१ हजार नयाँ संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ संक्रमित थपिएका हुन्।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ संक्रमित थपिने गरेको जनाएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय संक्रमितहरु रहेका छन् । अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका थिए।  

भारतमा पछिल्लो समयमा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढ्दै गइरहेको र नयाँ थपिने संक्रमितहरुको संख्या घट्दै गएकाले सक्रिय संक्रमितहरुको संख्या पनि कम हुदै गएको हो । 

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको संख्या २३ हजार ७० रहेको छ। यो संख्या सोही अवधिमा नयाँ संक्रमितहरुको भन्दा झण्डै चार हजार बढी हो । 

भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ४८ हजार २९१ जना कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेका छन्। 

गत शुक्रबार १२ लाख ६९ हजार २९१ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ५८ करोड १३ लाख १२ हजार ४८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: १५:११ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्